|

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको कार्यदल आजदेखि प्रदेशसभा तर्फको सिट बाँडफाँटमा जुट्ने भएको छ। 

प्रदेशसभा तर्फको सिट बाँडफाँटमा छलफल गर्न कार्यदलको बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको कार्यदल सदस्य हिमलाल पुरीले जानकारी दिए। 
गठबन्धनमा प्रतिनिधिसभाकै सिट बाँडफाँटको अन्तिम टुंगो लागिसकेको छैन। गठबन्धनका नेताहरुले १ सय ६५ सिटमा ८० प्रतिशत टुंगो लागिसकेको र बाँकी क्षेत्रमा केही दिनभित्र टुंगो लाग्ने बताएका छन्। 

हिजो दिउँसो बालुवाटारमा बसेको बैठकले टुंगो लाग्न बाँकी क्षेत्रको जिम्मा शीर्ष नेताहरुलाई दिँदै प्रदेशतर्फको बाँडफाँटमा प्रवेश गर्ने निर्णय गरेको थियो। 

प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० सिट छन्। गत साउन २० गते सत्तारुढ पाँच दलका ११ सदस्य समावेश गरेर गठन गरिएको कार्यदल निरन्तर छलफलमा छ। तर, सबैजसो दलको महत्वाकांक्षी दाबीले बाँडफाँटको टुंगो लागिरहेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.