अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्ने आश्वासन

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट नेपालीको भाग्य बदलिने दाबी गरेका छन्।

अवकाशप्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताएका हुन्।

उनले व्यवस्था बदलिए पनि अवस्था उही रहेकोमा आफू गम्भीर रहेको बताए। अब जनताको अवस्था बदलिने र घर आँगनमा खुशीयाली ल्याउने प्रतिबद्धता जनाए। 

उनले अवकाशप्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताए। अवकाशप्राप्त समायोजित सेनाले सङ्गठनमा आबद्ध हुने र निर्वाचन लड्ने अवसर पाउनुपर्ने माग गरेपछि सेनाको माग सम्बोधन सकारात्मक रहेको बताए। 

तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन्। पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन पुगेका प्रचण्डले दुई दिन चितवन बिताउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.