|

काठमाडौं : आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्। 

मंसिर ४ मा हुने निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,एमाले उपाध्यक्ष सुवास नेम्वाङ, माओवादी नेता लीलामणि पोखरेलसहितका नेताहरू आयोग पुगेका हुन्।

आयोगले छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई बोलाएको छ। निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा छलफल जारी छ। 

आज आचारसंहितामा दलहरूको प्रतिबद्धता लिइने आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.