|

विराटनगर : प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन्।

मन्त्री यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्र राईको तस्वीर आफ्नो कार्यकक्षमा राखेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर माननीय प्रदेश प्रमुख पर्शुराम खापुङ र माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्वीर आजबाट स्वास्थ मन्त्रालयमा राखेको उल्लेख गरेका छन्।

मन्त्री यादवले सामाजिक सञ्जालमा लेखेका छ्न\, ‘सामाजिक सञ्जाल जिन्दाबाद‚ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद! राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यु र माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईज्युको तस्बिर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो। पहिचान सहितको संघीय अभिवादन!’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.