|

काठमाडौं : नाडा इभी अटो शोमा राखिएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको अवलोकनकर्ताहरुले गुनासो गरेका छन्।

नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि पहिलोपटक नेपालमा इभी अटो शो आयोजना गरेकोमा अवलोकनकर्ताहरुले भने सर्वसाधारणको पहुँचभन्दा बाहिर विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य रहेको गुनासो गरेका हुन्।

शो विद्युतीय सवारी साधन सर्वसाधारणको पहुँचमा पुर्‍याउने र पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारीमा प्रतिस्थापन गर्ने उद्देश्य भएपनि सर्वसाधारणको पहुँचभन्दा माथि मूल्य भएको गुनासो गरेका छन्।

शो अवलोकन गर्न आउने सर्वसाधारणले प्रदूषण कम गर्न र पेट्रोलिय पदार्थको विकल्प खोज्नुपर्ने अवस्था भएपनि विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधारणले सोचेकोभन्दा बढी भएको बताएका हुन्। विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य न्यूनतम २ लाख ५० हजारदेखि ६ लाखभन्दा माथिसम्म पर्ने भएकाले सर्वसाधारणले किन्ने पहुँच नहुँदा हेर्नु बाहेक केही नभएको सर्वसाधारणहरूको गुनासो रहेको छ।

काठमाडौंको कपनबाट नाडा इभी शो अवलोकन गर्न आएका उत्तम गुरुङले विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सामान्य नागरिकको पहुँच भन्दा बाहिर रहेको बताए। उनले १०० किलोमिटर मात्रै गुड्ने र एक जना मात्रै चढ्न मिल्ने विद्युतीय बाइकको मूल्य ६ लाखभन्दा माथि पर्ने भएको विद्युतीय बाइक आम जनमुखी नभएको बताए।

गुरुङले विद्युतीय सवारी साधन जनतालाई विलासिताका भन्दा पनि आवश्यकता भएकाले सर्वसाधारणले किन्नसक्ने मूल्य हुनुपर्ने बताए। उनले अबको युग विद्युतीय सवारी साधनको भएपनि जनताले सहज रुपमा लाभ लिने खालको अवस्था नभएको भन्दै सरकारले पनि विद्युतीय सवारी साधनलाई भन्सार शुल्कलगायत सहुलियत गरेर सर्वसाधरणको पहुँचमा पुग्नेगरी सस्तो मूल्यमा विद्युतीय बाइक गाडी उपलब्ध गराउन सक्नुपर्ने बताए।

पैसा हुनेहरुको लागि महँगो बाइक वा गाडी चढ्ने भएता पनि सर्वसाधारणका लागि मूल्य कम हुनुपर्ने गुरुङको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.