|

भरतपुर : भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। 

भरतपुर महानगरपालिका–१२ नौरङेका  ४० वर्षीय दिपक विकलाई बँदेलले आक्रमण गर्दा मृत्‍यु भएको हो।

असोज ६ गते मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको जंगली बँदेलले आक्रमण गर्दा घाइते भएका उनको उपचारको क्रममा आइतबार भरतपुरमा अस्पतालमा मृत्‍यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। बंदेलले आक्रमण गर्दा उनको पेटमा गहिरो चोट  लागेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.