|

काठमाडौं : देशभर सोमबार ५३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक  विवरणअनुसार २ हजार ६२४ जनामा गरिएको परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ८४ जना  संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर हाल १ हजार १७८ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १० जना आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

हाल ४८ जना संस्थागत आइसोलेशनमा र १ हजार १३० जना होम आइसोलेशनमा रहेका छन्। 

यस्तै पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोभिडका सक्रिय संक्रमित घट्दै गएका छन्। हाल काठमाडौंमा ४७९, ललितपुरमा १६८ र भक्तपुरमा २० जना सक्रिय संक्रमित रहेका मन्त्रालयको विवरणमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.