|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा खेल्दै गरेको अवस्थामा नगद दुईलाख १५ हजार दुई सय ५० रुपैयाँसहित नौ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब निरीक्षक सुन्दर तिवारीका अनुसार गत शनिबार पोखरा महानगरपालिका–१० बुद्धचोकमा बस्ने कुमार कार्कीले सञ्चालन गरेको ‘यु एन्ड मी’ नाम गरेको रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूमा पोखरा महानगरपालिका १० बुद्धचोक बस्ने ४५ वर्षीय कुमार कार्की, वडा नं ११ रानीपौवा घर भई बुद्धचोकमा बस्ने ४६ वर्षीय मिलेन्द्र कुमार रञ्जित, गोरखाको गण्डकी गाउँपालिका ४ घर भई हाल पोखरा महानगरपालिका २६ विजयपुर बस्ने ३३ वर्षीय सन्तोष पाण्डे, तनहुँको भिमाद नगरपालिका–२ घर भई हाल पोखरा महानगरपालिका १४ छिने डाँडामा बस्दै आएका ४६ वर्षीय श्रीराम आले, पोखरा महानगरपालिका १३ शान्तिमार्गमा बस्ने ४५ वर्षीय ओम बहादुर नेपाली रहेका छन्।

यस्तै स्याङ्जाको बिरुवा गाउँपालिका–२ घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे बस्ने ४९ वर्षीय खोमबहादुर थापा, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ घर भई हाल पोखरा महानगरपालिका–१० बुद्ध चोकमा बस्ने ५२ वर्षीय भरत प्रसाद न्यौपाने, नवलपरासीको बर्दघाट नगरपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–१४ बीपी मार्गमा बस्दै आएका ४२ वर्षीय जीत बहादुर सारू र पर्वत जलजला गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–७ रत्नचोक बस्ने ३६ वर्षीय शिव सुवेदी पनि पक्राउ परेका छन्।

रेस्टुरेन्टमा बसेर जुवा तास खेलिरहेका भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सिसिटिभी क्यामेराको एक थान हार्डडिस्क र एक थान मनिटरसहित नियन्त्रणमा लिएको हो।

उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट छ दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको पनि प्रवक्ता तिवारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.