‘क्रान्ति र शान्तिपछि अब आर्थिक क्रान्तिमा लाग्छु’

|

चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जीवनकालमा लामो समय क्रान्ति, शान्ति र संविधानमा व्यतीत गरेको भन्दै अबको जीवन देशलाई आर्थिक क्रान्तिमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार चितवनको लम्जुङचोकमा सरस्वती युवा क्लबले आयोजना गरेको बृहत इन्द्रेणी सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको आवश्यकता आर्थिक विकास र समृद्धि भएको भन्दै देशमा आर्थिक क्रान्ति गर्नुपर्ने बताएका हुन्।

झण्डै ४० वर्षपछि पुर्ख्यौली थलोमा पुगेको भन्दै उनले भने, ‘म ४० वर्षपछि यहाँहरुको काखमा आएको छु, तपाईंहरूले सुख दुःखमा साथ दिनेछु शिवनगरको १४ नम्बर वडाबाट बसाईंसराई गरी भरतपुर र त्यहाँबाट बसाईं सरी काठमाडौं, त्यहाँबाट रोल्पा/रुकुम हुँदै शान्ति प्रक्रियामा आएँ।’

उनले 'बा' बितेपछि 'बा'को नाममा भएको जग्गा प्राप्त गरेपछि त्यहीँ आफूले सानो घर बनाएको बताए।

चितवनमा धेरै विकासका योजनाहरु आएकोमा खुशी व्यक्त गर्दै अझै अर्बौंका मात्रै नभएर खर्बौंका विकास योजनाहरु ल्याएर त्यसले विकासको गति लेओस् भन्ने सपना रहेको उल्लेख गरे।

‘तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मैले शान्ति सम्झौतामा हस्ताक्षर गरिसकेपछि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसबाट नयाँ समावेशी संविधान बनाइसकेपछि दोस्रो तहको स्थानीय निर्वाचन पनि सम्पन्न भई प्रदेश र संघको निर्वाचन हुने तयारीका क्रममा ४० वर्षपछि तपाईंहरूकै काखमा फर्केको छु’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.