|

काठमाडौं : हिन्दू नेपालीको महान पर्व बडादशैँ विधिवत रुपमा सोमबारदेखि सुरु भएको छ। सोमबार घरघरमा घटस्थापना गरी जमरा राखिएको छ। 

समृद्धिको प्रतीक मानिने जमरा विजयादशमीका दिन टीकासँगै नवदुर्गाको प्रसादका रुपमा ग्रहण गर्ने प्रचलन छ। घटस्थापना लागेसँगै विद्यालय र कलेजहरू विदा भएपछि पढाइका सिलसिलामा काठमाडौं  बसेकाहरु गाउँ फर्कन थालेका छन्। 

दशैँ सुरु भएसँगै बजारमा किनमेल गर्नेको पनि भीड सुरु भएको छ। 

दशैँमा विशेषगरी नयाँ लुगा लगाउने प्रचलनका कारण कपडाको व्यापार धेरै हुने गरेको व्यवसायी बताउँछन्। तर यसपटक चीनबाट समयमा सामान आयात नहुँदा बजार भाउ छाेइनसक्नु छ।  तै पनि काठमाडौंको असन, इन्द्रचोक, न्युरोडलगायतका स्थानमा किनमेल गर्नेको भीड छ। 

(हेरौं केही तस्वीर)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.