|

पर्सा : दशैँको घटस्थापना रमझम सुरु हुँदै गर्दा सोमबार पर्साका विभिन्न ठाउँमा परेको चट्याङ्गले एक जनाको ज्यान गएको छ। अरु तीन जना घाइते भएका छन्। ज्यान जानेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ का रामप्रसाद उपाध्यायका १५ बर्षीय छोरा सिद्धान्त उपाध्याय रहेका छन्।

चट्याङ्गले घाइते भएका सबैलाई प्रहरीले उपचारको लागि स्थानीय नारायणी अस्पतालमा लगेकोमा उपाध्यायको अवस्था गम्भीर रहेकोले अस्पतालले बचाउन नसकेको पर्सा प्रहरीले जनाएको छ।

उपाध्यायसहित केही मानिस स्थानीय ईदगाह चोकस्थित छठीमाई पोखरीको नजिकमा रहेको समयमा त्यहीँ चट्याङ्ग पर्दा उपाध्यायको ज्यान जानुको साथै स्थानीय २९ बर्षीया कुलनेशा खातुन, वीरगन्ज ४ कै भिखारी राउतको १३ बर्षीय छोरा अर्जुन राउत र पर्साकै विन्दवासीनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टीका २६ वर्षीय कुन्दन दास घाइते भएको पर्साका प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए।

घाइते मध्ये १३ वर्षीय अर्जुन राउतको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि वीरगन्जकै नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ। दासलाई भने पर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टीमा चट्याङ्गले हानेको प्रहरी उपरीक्षक गिरीको भनाइ छ।

सबै घाइतेहरूलाई सुरुमा वीरगन्जको नारायणी अस्पतालमा नै भर्ना गरी उपचार सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ। खातुन र दासको भने अवस्था मध्यम  रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.