|

इलाम : बिना चेम्जोङको निर्णायक गोलको मद्दतमा मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लब प्रदेश १ स्तरीय तेस्रो खुदुनाबारी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

दोस्रो क्वाटरफाइनल खेलमा रोयल क्लब दमक झापालाई १–० गोल अन्तरले पराजित गर्दै पथरी शनिश्चरे मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको ३१ औँ मिनेटमा दमकका खेलाडीले डि–बक्स एरियाभित्र फल्ड गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै चेमजोङले गोल गरेकी थिइन्।

खेलको वुमन अफ दि म्याच गोलकर्ता चेम्जोङ घोषित भइन्। अर्जुनधारा ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा भएको खेलमा दमकले निर्धारित समयमा बराबरीको लागि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्न सकेन।

पेनाल्टीको अवसरलाई कप्तान बिष्णु लिम्बुले गोलपोष्टभन्दा बाहिर बल प्रहार गरेपछि दमक क्वाटरफाइनलबाटै बाहिरियो।

तेश्रो क्वाटरफाइनलमा गाईघाट फुटबल क्लब उदयपुर र ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङबीच प्रतिस्पर्धा हुने छ। प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ। प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइ स्कोरर र वुमन अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.