|

काठमाडौं : मनास्लु हिमपहिरोमा परेका सबैको उद्धार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मनास्लुको तेस्रो शिविरबाट चौथो शिविर जाँदै गर्दा हिमपहिरोमा पुरिएका आरोहीका १२ सहयोगीको  उद्धार गरिएको जनाएको छ।

मौसम प्रतिकुल हुँदा सोमबार राति तेस्रो शिविरमै राखिएका १० जनालाई अहिले बिहान हेलिकोप्टरबाट उद्धार गरेर सामागाउँसम्म ल्याएको एसपी केदार खनालले जानकारी दिए। सोमबार दुई र मंगलबार बिहान चार गरी ६ जना काठमाडौं आइसकेका छन्। बाँकीलाई पनि काठमाडौं ल्याउने तयारी भइरहेको खनालले बताए।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा सोमबार दिउँसो १२ बजे हिमपहिरो जाँदा मनास्लु आरोहीका लागि आवश्यक सामग्री ढुवानी गर्दै गरेका १३ सहयोगी पुरिएका थिए । उनीहरूमध्ये एकजनाको सोमबार नै मृत्यु भएको थियो।

यो सिजनमा सगरमाथा, मनास्लु सहितका १५ हिमाल तथा चुली आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.