|

काठमाडौं : मंगलबार देशभर ५४ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ८२९ जनामा गरिएको परीक्षणमा ५४ जना संक्रमित भेटिएका हुन्। 

आज ७६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार १४४ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १२ जना आइसियूमा‚ ५० जना संस्थागत आइसोलेशनमा र १ हजार ९४ जना होम आइसोलेशनमा रहेका छन्।

मन्त्रालयको विवरणअनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। हाल काठमाडौंमा ४५५  जना, भक्तपुरमा २० जना र ललितपुरमा १६० जना सक्रिय संक्रमित रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.