‘किताबको होमवर्क दिने होइन, प्रोजेक्ट वर्क गराउने हो’

|

काठमाडौं : सरकारी तथा निजी विद्यालयले वडा दशैँको विदा घट स्थापनादेखि दिएका छन्। अधिकांश विद्यार्थीहरू दशैँ मनाउन गाउँ गएका छन्। तर,विद्यार्थी बालबालिकाहरू रमाइलो गर्ने रहरसँगै ‘दशैँ हाेम वर्क’को बोझ पनि बोकेर गएका छन् भने केही विद्यार्थीहरू शहरमै दशैँ मनाउँदै छन्। 

विद्यालयले दशैँ होमवर्क भनेर नै सबै विषयको होमवर्क दिएको छ। दशैँको बेला रमझम अनि रमाइलो गर्ने बेला हाेम वर्क कै तनाव विद्यार्थी बालबालिकाहरूलाई छ।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीका अनुसार सरकारी विद्यालय भन्दा अधिकांश निजी विद्यालयले बालबालिकाहरूलाई हाेम वर्कको भारी बोकाएका छन्। जसकारण विद्यार्थीहरू मानसिक तनाव लिन बाध्य छन्। 

गोकर्णेश्वर नगरपालिकाको एक निजी विद्यालयका छात्रा भन्छिन्,‘सबै विषयको हाेम वर्क दिएको छ,त्यही भएर गर्नै पर्छ,नगरे शिक्षकले सजाय दिने भन्नु भएको छ।’

‘दशैँ मनाउने हो,होमवर्क दिएर तनाव दिने होइन’

अभिभावक महासंघका अध्यक्ष भण्डारी दशैँको बेला हाेम वर्क दिनु भनेको विद्यार्थीहरूलाई मानसिक तनाव दिनु सरह रहेको बताउँछन्। ‘दशैँमा किन छुटि दिएको?,होमवर्क गर्न होइन नी,दशैँ मनाउन लागि विदा दिएको हो,पिङ खेल्ने,पारिवारिक भेटघाट गर्ने हो, त्यसैले अनावश्यक हाेम वर्क दिँदा विद्यार्थीहरूले मानसिक तनाव लिन्छन्,’उनले भने। 

उनका अनुसार सरकारले सांस्कृति पर्व मनाउन १५ देखि १ महिना छुटी दिएको हो। ‘यदि विद्यालयले हाेम वर्क दिनै भए फर्केर आउँदा कसरी मनाए?,दशैँको किन आवश्यक रह्या?े,रहनसहन के छ? भनेर प्रोजेक्ट वर्क लेख्दा वा लेखाउँदा राम्रो हुन्छ,तर सबै विषयको होम वर्क दिने होइन,’उनले भने।

उनले यी हाेम वर्क पनि स्कुलको तहगत रुपमा दिइनुपर्ने माग गर्छन्। ‘कति उमेर समूहका बच्चाले कति लेख्न सक्छन,त्यही आधारमा हाेम वर्क दिनुपर्छ', उनले भने,‘तर,यहाँ प्रत्येक विषयको कपी भर्ने गरेर दिने गरिएको छ, बिहानदेखि बेलुका सम्म तनाव मात्रै हुन्छ।’ 

उनले पहिला निजी विद्यालयमा पिट्नेदेखि मानसिक तनाव दिने समस्या अहिले सामुदायिक विद्यालयमा पनि सरेको बताए। उनले भने,‘यो चरम अप्राकृतिक,अमानवीय,अशैक्षिक गतिविधि हो।’

शिक्षाविद् भन्छन्, : किताबको हाेम वर्क दिने होइन, प्रोजेक्ट वर्क गराउने हो

शिक्षाविद् प्राडा विनय कुमार कुसियत दशैँको बेला विद्यार्थीहरूलाई हाेम वर्क दिनु गलत रहेको बताउँछन्। उनका अनुसार दशैँ भनेको सबै सर्वसाधारण रमाउन,रमाइलो गर्न बिदा दिइएको हो।

उनी सुनाउँछन्,‘स्कुललाई बढी हाेम वर्क दिने मानसिकता छ,यस्तो गर्ने होइन,जति सिकाउने हो विद्यालयमा मात्रै सिकाउने हो,घरमा त अभिभावक वा अरुले पो नजानेका कुराहरू सिकाउने हो।’ उनी दशैँको बेला हाेम वर्क भन्दा पनि प्रोजेक्ट वर्क गराउनुपर्ने सुझाउँछन्।

‘किताब भित्र रहेको पाठ्यक्रमको हाेम वर्क दिने होइन,यस्तो बेला कसरी चाडपर्व मनाए भन्ने खालका प्रोजेक्ट वर्क गराउनुपर्छ,तर यहाँको हाम्रो शिक्षा प्रणाली घोकन्ते छ,’उनी भन्छन्।

विद्यार्थीले पढाइ नर्बिसिउन भनेर हाेम वर्क दिएका हौँ : प्याब्सन 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय महासचिव आरबी कटुवाल भने विद्यालय बिदाको बेला सिकाइएको पढाइ नर्बिसिउन भनेर हाेम वर्क दिइने गरेको तर्क गर्छन्।

‘धेरै लेख्ने खालको हाेम वर्क दिएर विद्यार्थीहरूलाई मानसिक तनाव दिइएको छैन,’उनले भने,‘एक एक पेजको हाेम वर्क हुन्छ,छिट्टै सकाउँछन्,अहिले त अधिकांश विद्यालयले चाडपर्वको बारे प्रोजेक्ट वर्क मात्रै गरेर ल्याउनु भन्ने गरेको छ।’

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.