|

ललितपुर : गोदावरी नगरपालिका १० चापागाउँमा ४४ जनाले रक्तदान गरेका छन्। इन्टरनेशनल कराँते अर्गनाइजेसन क्युकुशिन काईकान एसोसियसन नेपालको आयोजनामा भएको रक्तदानमा ४४ जनाले रगत दान दिएका हुन्।

टाहाखेलको प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा नेपाल रेडक्रस सोसाइटी चापागाउँ उपशाखाको सह आयोजनामा आयोजित रक्तदान कार्यक्रममा उपत्यकाभित्र रहेका छम्पी डोजो, लेले टिकाभैरव डोजो, चारघरे डोजो, टौदह डोजो, ठेचो डोजो, नखिपोट डोजो, कोटेश्वर डोजोकेन्द्र लगायतका खेलाडी प्रतिनिधिहरू रक्तदानमा सहभागी थिए।

कोरोना महामारी,डेंगु महामारीको समयमा विभिन्न स्थानमा भएको रगतको अभावलाई कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका कार्यवाहक अध्यक्ष रमेश तामाङले बताए।

खेलकुद क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको संघले समय समयमा युवा खेलाडीहरुलाई प्रशिक्षण दिने, नयाँ पुस्तालाई खेलप्रति आकर्षण गराउन प्रतियोगिताहरु सञ्चालन गर्ने तथा अन्य राष्ट्रिय/अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आईरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.