|

इलाम : प्रचार नगरिएका धेरै गन्तव्यहरुको पहिचानका लागि आयोजित फोटो प्रतियोगिताका विजेताहरू घोषणा गरिएको छ। विश्व पर्यटन दिवसको अवसर पारेर सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको उत्कृष्ट १० फोटो सार्वजनिक गरिएको हो।​

एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर आयोजित प्रतियोगितामा निशान्त रानाले खिचेको रात्रीकालीन कन्यामले प्रथम स्थान हासिल गरेको छ। रानाले उपाधिसँगै नगद १५ हजार प्राप्त गरे।

त्यसैगरी सुन्दर मैनालीले कैद गरेको कन्यामबाट देखिएको कञ्चनजङ्घाको दृश्यले दोश्रो स्थान हासिल गर्दै १० हजार रुपैयाँ प्राप्त गरेको छ। लोपोन्मुख हङरायोको तस्बिरबाट देवेन खरेलले तेश्रो स्थान हासिल गरे। उनले नगद ५ हजार प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट स्थान हासिल गर्नेहरुलाई संविधानसभा सदस्य सूर्यबाला राईले प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरे। प्रतियोगितामा सहभागी उत्कृष्ट १० तस्बिरलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

सूर्योदय नगरपालिका भित्रको पर्यटकीय गन्तव्य र प्रचार हुन नसकेका गन्तव्यहरुलाई प्रतियोगितामा समावेश गरिएको थियो। सूर्योदय नगरपालिकाको पर्यटन प्रवर्द्धनमा योगदान गर्न सक्ने फोटो माग गरेको थियो।

उत्कृष्ट तस्बिरहरुलाई कन्याममा होडिङ बोर्ड बनाएर राखिने छ।

 

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.