|

काठमाडौं : राजधानी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल नेपालले ३-१ गोलले जितेको छ।

अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले पहिलो हाफमै ३ गोलको अग्रता लिएको थियो। अन्जनले पहिलो हाफको १८औं, २७औं र ३८औं मिनेटमा गोल गरेका थिए। 

बंगलादेशले गोल फर्काउन निकै कसरत गरे पनि १ गोलमात्र गर्न सक्यो। बंगलादेशका सजाद होसेनले एक गोल फर्काए। उनले ५५ औं मिनेटमा गोल गरी बंगलादेशलाई ३-१ को स्थितिमा ल्याएका थिए। 

ह्याट्रिक गरेसँगै फरवार्ड अन्जन विष्ट नेपालका लागि अन्तरराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी भएका छन्। नेपालका लागि अन्जनले आजसमेत गरेर १० गोल गरे।

यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्।

आजको जितसँगै नेपाल पछिल्ला ५ खेलमा बंगलादेशसँग अपराजित यात्रालाई निरन्तरता दिएको छ। नेपाल र बंगलादेशबीच हालसम्म २७ पटक खेल हुँदा  बंगलादेश १४ खेलमा विजयी भएको छ।

नेपाल ८ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ। पछिल्लो ५ खेलमध्ये नेपालले पछिल्लोपटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो।

त्यसअघि नेपालमै भएको थ्रि नेसन्स कपमा बंगलादेशलाई २–१ ले हराएर उपाधी जितेको थियो। थ्रि नेसन्स कपकै लिग चरणमा गोलरहित बराबरी र त्यसअघि बंगलादेशमा भएको पहिलो मैत्रीपूर्ण खेल २–० ले गुमाएको नेपालले त्यसपछि गोलरहित बराबरी खेलेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.