|

कपिलवस्तु : नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादी केन्द्रप्रति जनतामा भ्रम सिर्जना भएको बताए। अन्य पार्टी र माओवादी केन्द्रबीच अन्तर नदेखिएको भन्दै जनताले शङ्का गर्न थालेको बताए।

विगतमा माओवादीहरूले फरक पहिचान बनाएको भए पनि पछिल्लो समय कतिपय केन्द्रीय नेताहरूमा पनि भ्रम पैदा हुँदा पार्टी छाड्ने गरेको उनको भनाई छ। कपिलवस्तुको शिवराज नगर समितिले चन्द्रौटामा मङ्गलबार आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष बरालले माओवादीले आफ्ना एजेन्डाहरूलाई स्थापित गर्न अहिले पनि संघर्ष गरिरहेको बताए।

विगतलाई स्मरण गर्दै माओवादीहरूले भ्रष्टाचारीलाई जनकारबाही गर्ने, बलात्कारीलाई सजाय दिने, समाजमा हुने गलत क्रियाकलापविरुद्ध माओवादीले मात्र आवाज उठाउँछ भन्ने रहे पनि अहिले त्यसो नभई नीति नियम बनाएर संघर्ष गरिरहेको बताए।

समावेशीको सिद्धान्तलाई अघि सारेर दलित, मुस्लिम तथा पछाडि परेका समुदायलाई पनि नेतृत्वमा ल्याउने काम माओवादीले गरेको बरालले दाबी गरे। ‘अहिले सबै पालिकाको प्रमुख, उपप्रमुखमा महिला छन्, सदस्यमा सबै समुदायको प्रतिनिधित्व छ, यो सबै माओवादीले गरेको हो', बरालले भने, ‘सुकुम्बासीहरूलाई लालपुर्जा दिने काम पनि माओवादीले गरेको छ, यसमा अरूले जस पाउने आश गरेका छन् त्यो असम्भव छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.