|

स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनल्स फोरमा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा पोर्चुगललाई १–० गोल अन्तरले हराएर स्पेन फाइनल्स फोरमा प्रवेश गरेको हो।

स्पेनलाई जित दिलाउन अल्भारो मोराटाले ८८ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक भयो। अधिकांश समय गोलरहित बराबरी भएको खेलमा स्पेनले अन्तिम समयमा नाटकीय गोल गर्दै पोर्चुगललाई स्तब्ध पार्‍यो।

जितसँगै लिग ए समूह २ को खेलमा स्पेन ६ खेलमा ११ अंकसहित शीर्ष स्थानमा छ। पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ।

यसै समूहको अर्को खेलमा स्वीट्जरल्याण्डले चेक रिपब्लिकलाई २–१ ले हरायो। हारसँगै चेक रिपब्लिक रेलिगेसनमा परेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.