|

काठमाडौं : किरात राई यायोक्खाको अध्यक्षमा जीवन हाताचो राई निर्वाचित भएका छन्।

मंगलबार रातिसम्म भएको यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशनले राईलाई सर्वसम्मत अध्यक्ष्यमा चयन गरेको हो। सह अध्यक्षमा टीकासरी राई, ज्ञानबहादुर राई निर्वाचित भएका छन्। उपाध्यक्षमा तिलकप्रसाद राई,राकेश राई,देवान राई,दोर्पध्वज राई,जनक राई,सर्बधन राई र युवराज राई चयन भएका छन्।

त्यस्तै,महासचिवमा भीमराज राई,उपमहासचिवमा हेमन्तकुमार राई,अर्जुन जम्नेली राई,कृष्णकुमार राई,मातृका राई र मञ्जु सोताङ निर्वाचित भएका छन्। सचिवहरुमा नगेसचन्द्र राई,अस्मिका राई,पर्शुराम राई,मिनाकुमारी राई,राजुएन राई,तारा राई र सुमन राई निर्वाचित भएका छन्।

कोषाध्यक्षमा पर्शुराम राई,सहकोषाध्यक्षमा छिला राई,सुशीला राई र गणेश खालिङ चयन भएका छन्। सदस्यहरुमा प्रमिला राई,बिर्सिका राई,जयकुमार राई,विकास राई,सीताकुमारी राईलगायत निर्वाचित भएका छन्। 

महाधिवेशनको उद्घाटन भने गत शनिबार १ नम्बर प्रदेशका मुख्यमन्त्री  राजेन्द्र कुमार  राईको प्रमुख आतिथ्यमा राष्ट्रिय सभागृहमा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.