काठमाडौं : सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न थालेको छ।
कम्पनीले आजदेखि थापाथलीस्थित खाद्य गोदामबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको हो। कम्पनीले च्याङ्ग्राको मूल्य प्रतिकेजी १२ सय ५० रुपैयाँ निर्धारण गरेको छ।
त्यस्तै, खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ तोकिएको छ। दशैंमा कम्पनीले १८ सय खसीबोका र ५ सय च्याङ्ग्रा बिक्री गर्ने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए।
उनका अनुसार मकवानपुर, दाङ र धादिङबाट खसीबोका र दार्चुलाबाट च्याङ्ग्रा खरिद गरेर ल्याइएको हो। खरिद गरिएकामध्ये ४ सय खसीबोका र २ सय च्याङ्ग्रा काठमाडौं ल्याइसकिएको छ भने बाँकी आउने क्रममा रहेको सूचना अधिकारी न्यौपानेले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।