‘ओली नेतृत्वको सरकारले देशमा विकासको लहर ल्याएको छ’

|

इलाम :  नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले जनयुद्धका बेला गाउँ नआउ भन्ने जनताहरू अहिले हिलाम्मे बाटोको तस्बिर सेयर गर्दा अचम्म लागेको टिप्पणी गरेकाे छन्। इलाम एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफू प्रतिनिधिसभाको लागि २०५६ सालमा निर्वाचन लड्दा इलामको कर्णाली भनिएको २ नम्बर क्षेत्रले विकासमा गति लिएको जिकिर गरेका हुन्।

‘५६ सालमा निर्वाचन लडिरहँदा इलामको कर्णाली भनिने २ नम्बर क्षेत्रमा एउटा बिजुलीको बल्ब झुन्डिएको छैन्। मैले चुनाव लडिरहँदा इलामको कर्णाली भनिने यो २ नम्बर क्षेत्रमा अहिले साथीभाईहरू फोटो छाप्दैछन् हिलोमा गाडी भासिएको', उनले भने ‘५६ साल देखि अहिलेसम्म १० वर्ष जनयुद्ध कटाइदिनुस् त्यो १० वर्ष गाउँघरका दिदि बहिनी दाजुभाईहरूले तपाईहरू नआउनुस हामी दुःख सहन्छौ भन्नुभयो र हामी १० वर्ष गाउँमा जान सकेनौ। अहिले उहाँहरू समेत हिलाम्मे बाटोमा गाडी डुबेको फोटो सेयर गरिरहनुभएको छ। ’

विकास निर्माणको सन्दर्भमा एमाले उदार भएको बताउँदै दमक चिसापानी, भेडेटार रवि राँकेलगातयका सडकहरू एमाले सरकारको पालामा बजेट विनियोजन भएको दाबी गरे। २ अर्ब २० करोड केपी शर्मा ओलीले विनियोजन गरेपछि दमक–चिसापानी बाटोको काम अघि बढेको बताए। २ वर्षमा सडक कालापत्रेको काम सम्पन्न उनकाे भनाइ छ। 

‘अढाई वर्षमा कालोपत्रे हुन्छ दमक चिसापानी बाटो। कालोपत्रे अघि बर्खामा पानी पर्दा हिलो त हुँदै रहेछ। तर, अहिले हामी सरकारमा छैनौ। के अचम्म हो अढाइ अर्ब रकम हाल्ने हामी अब २ वर्षमा सडक कालोपत्रे हुन्छ, ७ वटा त पुल मात्रै बनिएको छ रतुवामाथि, जम्मै बाटो निस्किएको छ। अनि पानी पर्दा बर्खामा जिप हिलोमा गएर गाडियो भने हतपत साथीहरूले फोटो छापेर सुवासले बाटो हिलो बनायो भन्छन्’, उनले गुनासाे गर्दै भने। 

अधिकांश समय ओली सरकारले आयोजनामा बजेट छुट्याएका कारण पुर्वाधार विकास भए भन्दै तारिफ गरेका नेम्वाङले नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्कालाई कटाक्ष हान्न समेत भ्याए।

‘ठेकेदारले काममा ढिलाई गर्छ कान समातेर काम गराउनुपर्ने कस्ले सरकारले? सरकारमा उहाँहरू हुनुहुन्छ। करिब करिब उहाँहरू आफै ठेकेदार हुनुहुन्छ। को हो ठेकेदार मलाई थाहा छैन्। म नाम अलि बिर्सन्छु कमरेडहरूलाई सम्झना होला’ उनले भने, ‘१२ महिना २४ सै घण्टा यहि उठबस गर्नुहुन्छ। नेपालटार मंगलबारे बाटो कस्ले ठेक्का लिएको थियो। बजेट पठाउने म बजेट पठाउने नेकपा एमाले। साथीले ठेक्का काम गर्ने बढि पैसा भएर की के भएर हो आफै कुटाकुट गर्ने कस्ले कुट्नुभयो बिर्सिए मैले। अनि उल्टै बर्खामा पानी आउँदा गाडी एक ठाउँमा डुब्यो भने हतपत फोटो निकालेर हाम्रै फोटो छाप्ने।’ 

नेम्बाङका सधैका झै यसपटक पनि बिग्रिएको टेलिफोनको कथा भन्न छुटाएनन् । उनले ५६ सालमा पहिलो पटक उम्मेदवार बन्दा इलाम-२ का पर्ने इभाङ र आमचोकमा बिग्रिएर थन्किएको ल्यान्डलाइनको कथा सुनाउन भ्याए।

उनले मदन भण्डारी राजमार्ग अन्र्तगत दमक–चुलाचुली क्षेत्रमा करिब ५० प्रतिशत भन्दा बढि काम भएको जिकिर गरे। उनले विकासको कार्यमा चुलाचुलीलाई प्राथमिकतामा राखेको समेत बताए। 

‘चुलाचुलीमा ५ वटा पुल मदन भण्डारी राजमार्ग अन्र्तगत सुरु भइसकेकाे छ। ५० प्रतिशत पुरा भइसकेको छ। दिएको समय भन्दा २/३ महिना अघि सक्छु भनेका छन्। हाम्रा विपक्षी साथीहरू कति तगडा छन् थाहा छ अचम्म छ। अर्बौ रकम एउटै पालिकामा खर्च आइरहेको छ। ५ वटा पुल बनेको उहाँहरूले हल्ला चलाउन थाल्नुभए छ मदन भण्डारी राजमार्ग सर्ने भएछ भनेर’, उनले भने। 

‘मैले ठट्टा गरे भने यो ५ वटा पुल चाहि खाली सेल्फी खिच्न ल्याएको हो। ५ वटा पुल त सबै मैले फेहरिस्त निकालेको छु।  बाटो त मास्तिर कहाँ जाने रे हल्ला चल्यो। मदन भण्डारी राजमार्ग कालोपत्रे गर्ने टेन्डर बाहिर आएपछि त राजमार्ग सर्ने हल्ला अहिले अलि बोली बन्द भएको छ। एउटै पालिकामा ७ वटा मोटरेबल र झोलुङ्गे पुल कल्पना गर्नुहोस् त त्यो पालिकामा कस्तो भएको होला विकास त्यो हामीले गरेका हौ नेकपा एमालेले गरेको हो।’

भेडेटार रवि राँके सडकमा ओलीको सरकार हुँदा ६ अर्ब बजेट विनियोजन भएको बताउँदै नेम्वाङले भने, ‘६/७ वटा थोत्रा कम्प्युटरहरू ल्याएर कुनै स्कुललाई बाडिदिएर विकासे  नेता भनेर कस्ले पो फोटो छाप्नुभयो मैले बिर्सिए।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र समावेशिता धर्मनिरपेक्षता सहितको समाजवाद उन्मुख संविधान केपी ओली र एमालेका कारणले सम्भव भएको उनकाे बुझाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.