|

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्। 

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच मिश्र राप्रपा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा ब्राह्मण बटुकहरुले स्वस्तीवाचन गर्नुका साथै शंख घण्ट बजाइएको थियो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पद लिएर मिश्र राप्रपामा प्रवेश गरेका हुन्। यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए।

मिश्र आउँदो प्रतिनिधिसभा चुनावमा काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.