|

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ।

आयोगले आज एक विज्ञप्ति निकालेर दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धनको लागि यस विषयलाई समावेश गर्न विशेष आग्रह गरेको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि साना तथा ठूला दलहरु चुनावी घोषणा पत्रको तयारीमा जुटेका बेला आयोगले ध्यानाकर्षण गराएको हो।

नागरिकको अधिकार सुनिश्चितताका लागि संविधानले विभिन्न १२ वटा नीतिहरु अवलम्बन गरेकाले मानव अधिकार, मौलिक हक तथा त्यस्ता नीतिहरूको समेत कार्यान्वयनको दायित्व राज्यका साथै सरकार सञ्चालन गर्ने दलहरुको हुने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालले मानव अधिकारसम्बन्धी विभिन्न ४१ वटा अन्तराष्ट्रिय महासन्धिहरुलाई स्वीकार गरिसकेको पनि आयोगले स्मरण गराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.