|

कपिलवस्तु : कपिलवस्तुमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ।

जिल्लाको  शिवराज  नगरपालिका ५ चन्द्रौटास्थित चन्द्रौटा पार्क नजिकै बुधवार दिउसो शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए।

करिब ४० वर्षको पुरुष मृत अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए। उक्त पुरुषको पहिचानको लागि विभिन्न ठाउँमा जानकारी दिएको र घटनाको अनुसन्धान भइरहेको शाहीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.