|

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल वरपर चंगा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सूचना जारी गर्दै विमानस्थल वरपर चंगा उडाउँदा उडानमा खतरा हुने भन्दै चंगा उडाउन तत्काल रोक्न आग्रह गरेको छ। 

विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चंगा उडाउँदा हवाईजहाजको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएकोले यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न/नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको प्राधिकरणले जारी गरेको सूचनामा जनाइएको छ। 

कसैले सूचनाको अवज्ञा वा अटेर गरी चंगा उडाए वा यस्ता गतिविधि गरे तथा गराएको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेसमेत प्राधिकरणले चेतावनी दिएको छ। दशैँ नजिकिएसँगै अहिले विमानस्थललगायत काठमाडौंका विभिन्न स्थानमा चंगा उडाएको देख्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.