|

गुल्मी : सदरमुकाम तम्घास मुख्य बजार र जिल्ला प्रशासन कार्यालय आसपास भुस्याहा कुकुरको बिगबिगी बढेको छ ।

स्थानीय बासिन्दाले विद्यालय जाने ससाना बालबालिकालाई झम्टिने तथा टोक्ने समस्या पनि बढेको र सवारी दुर्घटनासमेत बढेको गुनासो गरेका छन्। रातभर भुक्ने समस्याले गर्दा राम्रोसँग सुत्न पनि नपाएको बजारवासीको दुखेसो छ।

स्थानीय व्यवसायी जनक पन्तले बजारमा भुस्याहा कुकुरको बिगबिगी हुँदा समेत नगरपालिकाले चासो नदेखाएको गुनासो गरे। ​‘मर्निङ वाक’ गर्न र बाइक चलाउन पनि समसया भएको उनको गुनासो छ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सदरमुकाममा देखिएको भुस्याहा कुकुरको समस्या समाधान गर्न सहकार्य गरेर कदम चाल्ने बताए । रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले भुस्याहा कुकुरको समस्या समाधान गर्न योजना बनाइसकेको बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.