|

टी–२० विश्वकप अघि दोस्रो टी–२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरिरहेको भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको १–० को अग्रता बनाएको छ।​ 

केरला स्थित तिरुवनन्तपुरममा टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिका १०६ रनमानै समेटिन पुगेपछि भारतले ८ विकेटको जित निकाल्यो। खराब ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि केशव महाराजाको ४१ रन सर्वाधिक रनका रूपमा रह्यो।

 उसका लागि एइडेन मारक्रमले २५ तथा वाइनी पर्नेलले २४ रन बनाएका थिए। दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा अर्सदीप सिंहले सर्वाधकि ३ विकेट लिँदा दिपक चहर र हर्सल पटेलले समान २–२ विकेट लिए।

१०७ रनको सामान्य लक्ष्य पछ्याएको भारतका लागि केएल राहुल र सूर्यकुमार यादवले अर्धशतकीय इनिङ खेलेपछि सहज जित निकालेको हो। ओपनर तथा कप्तान रोहित शर्मा शुन्य तथा विराट कोहली ३ रनमा पेभिलियन फर्किएपनि राहुल र यादवले तेस्रो विकेटका लागि ९३ रनको अविजित साझेदारी गर्दै सहज जित निश्चित गरे। राहुल ५१ रनमा अविजित रहँदा सुर्यकुमार यादवले ५० रन बनाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.