|

काठमाडौं : टोखा नगरपालिका-५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका-१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रूपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.