|

काठमाडौं : नेकपा (एमाले)का नेता भीम रावलले आफू पार्टीकै कार्यक्रममा सक्रिय रहेको बताएका छन्। 

एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापासहित सुदूरपश्चिमका नेताले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर नेता रावल पार्टीको सम्पर्कमा नभएको बताएपछि उनले यस्तो बताएका हुन्। 

उनले ट्वीटरमा लेखेका छन्, ‘म पार्टीको सम्पर्कमा नरहेको भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो। म अछाम प्रतिनिधिसभा क्षेत्र नं. १ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ। यो बारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ। म सम्पर्कविहीन भन्नु हास्यास्पद।’

तर, मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेता रावल अछाम १ बाट सर्वसम्मत सिफारिस भएका छन्। दशौँ महाधिवेशनमा ओलीसँग अध्यक्षमा पराजित भएका नेता रावललाई अहिले पार्टीको कुनै जिम्मेवारी दिइएको छैन। 

त्यसो त नेता रावल अछामबाट एकल सिफारिसमा परेपछि ओलीले पनि चासोको साथ हेरिरहेका छन्। पार्टीभित्रको विवादमा ओलीको चर्को आलोचना गर्न अघि सर्छन्। 

त्यसैले उनलाई टिकट दिने नदिने भन्नेबारेमा पार्टीले अहिलेसम्म ठोस निर्णय गरेको छैन। पार्टीको निर्णयविरुद्ध प्रस्तुत हुने रावल जिल्लामा भने लोकप्रिय मानिन्छन्।

पार्टी विभाजनकाे बेलामा माधव नेपालको साथ छोडेर १० बुँदे सहमति गरेर एमालेमा बसेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.