|

जुम्ला : जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटनाग्रस्त भएको छ। हिमा गाउँपालिका-१ आचार्य लिहीमा उक्त ट्रक दुर्घटना हुँदा चालकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए।

उनका अनुसार बागमती प्रदेश ०३ ००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा मकवानपुरनिवासी चालक अविनाश लामाको मृत्यु भएको हो। सो दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घाइतेको राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि रिफर गरिएको छ। न्यौपानेको टाउकोमा चोट लागेको छ।

हिमा गाउँपालिका-१ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार ट्रक दुर्घटना हिमा गाउँपालिका-१ को बझाङगे खोलामा भएको छ। दुर्घटनापछि घाइतेलाई हिमा गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ। चालक लामको शव पनि भ्यानको व्यवस्था गाउँपालिकाले नै गरेर सदरमुकाम ल्याइएको थियो।

जुम्ला कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाबाट स्याउ लिएर सुर्खेत जाँदै गरेको ट्रक राति दुर्घटना भएको खबर पाएपछि हिमा गाउँपालिका-१ मा रहेको प्रहरी चौकीले उद्धार गरेको थियो।

प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाई नेतृत्वको टोलीले घाइतेलाई तत्काल कर्णाली प्रतिष्ठानमा रिफर गरेको थियो भने मृतकको शव निकालेको जनाएको छ।

नाग्म-गमगढी राजमार्गअन्तर्गत हिमा गाउँपालिकाको सो क्षेत्रमा वर्षेनी दुर्घटना बढ्दै गएको छ। यसअघि पनि त्यही क्षेत्रमा २ वटा दुर्घटना भएका थिए। सो ट्रकमा स्याउका ७ सय कार्टुन रहेको व्यापारीले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.