|

सुर्खेत : कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका एकीकृत समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा एमालेमै फर्किएका छन्।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला उनले फ्लोर क्रस गरेर पार्टी निर्णयविरुद्ध लागेका थिए। त्यसको उपहारस्वरुप उनले मन्त्री बन्ने अवसर पाए।

चुनावको मुखमा एमालेमा फर्किएका नेता बुढा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्यसमेत हुन्। 

उनलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेको हुन्। उनले आफू पुरानै घरमा फर्किएको बताए।

डोल्पाका अधिकांश समाजवादीका नेताहरुलाई एमाले भएको आरोप लाग्न थालेको छ।

नेता बुढालाई एमालेले प्रदेशसभाको टिकट दिने प्रतिबद्धता गरेको स्रोतले बतायो। पछिल्लो समयमा डोल्पाका हरेक पार्टीका गतिविधिमा बुढाले एकलौटी गरेका भन्दै अर्का नेता हंसबहादुर शाही रुष्ट हुँदै आएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.