|

सल्यान : सल्यानको कपुरकोटमा मंगलबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका ६ का तिलक वलीको उपचारका क्रममा बुधबार मृत्यु भएसँगै जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको हो।

वलीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिए। वलीको मृत्युसँगै दुर्घटनामा परेका नौ जनाकै मृत्यु भएको छ।

मंगलबार बिहान बाँकेको ढकेरीबाट सल्यान कपुरकोट गाउँपालिका ६ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप कपुरकोट गाउँपालिका ३ मूलपानीमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी जिप चालक कपुरकोट गाउँपालिका ६ जलवाङका २१ वर्षीय जित बहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धरम ओली, ४० वर्षीय टोप बहादुर ओली, उनका ११ वर्षीय छोरा वसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको घटनास्थलमै मृत्यु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.