|

काठमाडौं :  डिफेन्डिङ च्याम्पियन क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन्। 

सन् २०१९ नोभेम्बरमा काठमाडौंमा सम्पन्न च्याम्पियनशीपको विजेता थापाले बिहिबार सम्पन्न पहिलो चरणको खेलमा कुवेतका अलमुहाईनी अब्दुलाजीजलाई पराजित गरेका हुन्। 

अक्टोबर ५ सम्म सञ्चालन हुने प्रतियोगितामा एशियाका २० देशका १४६ जना खेलाडीको सहभागिता रहेको छ। ९ चरणसम्म सञ्चालन हुने प्रतियोगिता अन्तरगत शुक्रबार साँझ हुने दोश्रो चरणको खेलमा थापाले जापानका ताकेनुउची अत्सुसीसँग प्रतिष्पर्धा गर्नेछन्। 

फिडे रेटिङ २ हजार भन्दा कम भएका र अधिकतम फिडे मास्टरसम्मको टाईटल प्राप्त खेलाडीको मात्र सहभागीता रहने प्रतियोगिताका विजेताले १५ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.