|

काठमाडौं : गतवर्ष सार्वजनिक भएको चर्चित गीत कालो केशमा रेलिमईका गायक दिनेश ढकालको नयाँ गीत सार्वजनिक भएको छ। कालो केशमा रेलिमई २ शीर्षकमा ‘काली गङ्गा तीर’ बोलको गीत सार्वजनिक भएको हो।

ढकालकै शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा ढकालसहित निकिता आचार्य, आकाश कार्की, विकास आचार्यलगायतका कलाकारको अभिनय रहेको छ। जसमा कथा, निर्देशन र सम्पादन मानव सुवेदीको रहेको छ। यसअघिको गीतमा पनि ढकाल र सुवेदीले सहकार्य गरेका थिए।

वाद्यवादनतर्फ मनिष गन्धर्भले सारङ्गी, रत्न विकेले बाँसुरी बजाएका छन् भने रेकर्डिस्ट सुजन भट्टराई हुन्। केशव पाण्डेले छायांकन गरेको भिडियोको रंग संयोजन सुप्रिम पराजुलीले गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.