|

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका –१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका –९ का ४२ वर्षीय बद्री विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

शुक्रबार दिउँसो ३ बजे नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकको निर्माणाधीन भवनमा काम गर्ने क्रममा साइट इन्चार्ज विष्ट करेन्ट लागेर घाइते भएका थिए। घाइते भएका विष्टको उपचारका क्रममा संखुवासभा जिल्ला अस्पतालमा साढे ४ बजे मृत्यु भएको प्रहरी निरीक्षक खनालले बताए।

भवन निर्माणको जिम्मा रामजानकी/वीर जेभी कम्पनीले मोरङले पाएको छ। उक्त भवन ३ करोड ३२ लाख लागतमा निर्माण हुन लागेको हो। मृतकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.