|

काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दशैँ लाग्दा डेंगुका बिरामी चर्को शुल्क तिरेर परीक्षण गर्न बाध्य भएका छन्।

प्रयोगशालाले आज एक सूचना निकालेर हिजोदेखि असोज २१ गतेसम्म परीक्षण बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ। डेंगुका बिरामी दिनप्रतिदिन बढिरहेको बेलामा प्रयोगशालाले परीक्षण बन्द गरेपछि बिरामी चर्को शुल्क तिरेर क्लिनिकमा परीक्षण गर्न बाध्य भएका हुन्।

प्रयोगशालामा एक पटक डेंगु परीक्षण गर्न ८ सय रुपैयाँ शुल्क लाग्छ भने क्लिनिकहरूले १५ सयदेखि २ हजार रुपैयाँसम्म लिने गरेका छन्।​

इमर्जेन्सी टेस्ट नभएकाले बन्द गरेको प्रयोगशालाले जनाएको छ। डेंगुका बिरामी २८ हजार नाघिसकेका छन् भने मृत्यु संख्या ३८ पुगिसकेको छ। तर, कोभिड–१९ को परीक्षण भने दशैँ बिदाको दिन गरिने भएको छ।

पर्सि आइतबारदेखि २१ गतेसम्म कोभिडको स्वाव संकलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने र १२ देखि १ बजेसम्म रिपोर्ट वितरण गरिने जारी सूचनामा उल्लेख छ।

असोज २३ गतेदेखि भने प्रयोगशालाका सम्पूर्ण परीक्षण सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.