|

सुर्खेत ः भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले ५० प्रतिशत अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ।

चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रमअनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकहरूको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीउहरू वितरण गरेको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए।

करिब ७० क्वीन्टल आलुको बीउ र अन्य तरकारीको बीउ दुई सय बढी किसानलाई वितरण गरिने छ। स्याउली सेवाकेन्द्र र खलंगाबाट उक्त बीउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए।

उन्नत बीउ प्रयोग गरी उत्पादन बढाउन र तरकारी खेतीमा किसानलाई हौसला प्रदान गरी व्यवसायतर्फ उन्मुख गराउन बीउमा अनुदान दिएको अधिकारीले बताए। आलुको बीउमा ५० प्रतिशत अनुदान पाएपछि किसान उत्साहित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.