|

काठमाडौं : देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन्। दशैँ, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिली बनेको हो। 

शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ। साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरी बजारमा झिलिमिली बत्ती बालिएको छ। आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ। 

लगातार चाडपर्वहरू आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरू आफ्नो व्यावसाय प्रतिष्ठानलाई सझाएका हुन्। दशैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसजाउ देख्न सकिन्छ।  काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैँका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ। 

उपत्यकाबाट दशैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दशैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो। अर्कातिर यही बेला विदेशबाट दशैँ मनाउन आउनेहरू पनि छन्। उनका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दशैँ पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.