बस अनियन्त्रित भएर भित्तामा ठोक्किँदा दुर्घटना

|

दाङ : दाङमा यात्रुवाहक बस भित्तामा ठोक्किँदा ४२ जना घाइते भएका छन्।

घोराहीबाट लमहीका लागि छुटेको रा १ ख १८४५ नम्बरको बस घोराही-३ भैँसी बगाउने खोलानजिकै शनिबार  दिउँसो करिब सवा ३ बजेतिर अनियन्त्रित भई भित्तामा ठोक्किँदा  ४२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

घाइतेमध्ये ४ जना सिकिस्त रहेको र एकजनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उनले बतए।

सिकिस्त हुनेहरूमा दाङको गढवा गाउँपालिका-४ बस्ने २३ वर्षीया विपना चौधरी (बायाँ हातमा चोट), सोही ठाउँका २४ वर्षीय अनिल नेपाली (नाक र दुवै हातखुट्टामा चोट),  गढवा-२ का २६ वर्षीय सूर्यप्रकाश चौधरी (दुवै हातखुट्टा र घाँटीमा चोट),  सोही ठाउँका ३६ वर्षीय गणेश चौधरी (टाउको र दुवै हातखुट्टामा चोट), लमही नगरपालिका-८ बस्ने करिब २६ वर्षीय कुमार चौधरी (टाउकोमा चोट) रहेको प्रहरीले जनाएको छ।

घाइते कुमारलाई  थप उपचारका लागि बेलुका करिब ५ बजेतिर नेपालगञ्ज रिफर गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

घाइते हुनेहरूमा  दाङको राजपुर गाउँपालिका-२ बस्ने ५० वर्षीय होमबहादुर बिक, लमही-६ बस्ने २६ वर्षीया पूर्णिमा चौधरी,  गढवा-४ बस्ने २० वर्षीया पुनम चौधरी, गढवा-१ बस्ने ४५ वर्षीय कुलबहादुर कामी, घोराही-१८ बस्ने ३४ वर्षीया लक्ष्मी विश्वकर्मा, सोही ठाउँकी १२ वर्षीया अस्मिता विश्वकर्मा, १५ वर्षीया आँचल विश्वकर्मा, लमही-१ बस्ने ४० वर्षीया सुदामा चौधरी, लमही-८ बस्ने ३२ वर्षीया अनिता चौधरी,  राजपुर-१ बस्ने ३१ वर्षीया माया खड्का, बसचालक राप्ती गाउँपालिका-२ बस्ने २७ वर्षीय रामभरोस चौधरी, लमही-८ बस्ने ९ वर्षीय अभिषेक रहेको प्रहरीले जनाएको छ। 

प्यूठान सरुमारानी गाउँपालिका-६ बस्ने २६ वर्षीया महरा,  दाङ घोराही-३ बस्ने ३६ वर्षीया साङली कामी, लमही-५ बस्ने ४३ वर्षीया मनकुमारी चौधरी, राजपुर-१ बस्ने ३१ देवबहादुर खड्का, गढवा-५ बस्ने  २२ वर्षीय हरि भगत चौधरी, गढवा-७ बस्ने १९ वर्षीया अन्जना चौधरी, राजपुर-६ बस्ने ३५ वर्षीया कल्पना चौधरी, गढवा-५ बस्ने ९ वर्षीया कृतिका चौधरी, राजपुर-२ बस्ने ४६ वर्षीया राधा बिक, राजपुर-४ बस्ने १५ वर्षीय टिकाराम यादव, लमही-६ बस्ने १८ वर्षीय अर्बिन चौधरी घाइते भएको प्रहरीले जनाएको छ।

राप्ती गाउँपालिका-५ बस्ने ४५ वर्षीय भरत केसी, गढवा-६ बस्ने २१ वर्षीय विमल सुनार,  गढवा-४ बस्ने २९ वर्षीय प्रकाश केसी, गढवा-५ बस्ने २६ वर्षीया माया चौधरी, लमही-२ बस्ने २२ वर्षीय दीपक चौधरी,  लमही-२ बस्ने २२ वर्षीया अग्रामी चौधरी, घोराही-१५ बस्ने ३२ वर्षीया गीता तिवारी सोही, ठाउँकी ८ वर्षीया समुदी तिवारी, ३  वर्षीया शांन्बि तिवारी, ५ वर्षीय निलकण्ठ तिवारी,  घोराही-५ बस्ने ५ वर्षीया आयुशा बुढामगर, सोही ठाउँकी ३२ वर्षीया निशा बुढामगर, लमही-६ देउपुर बस्ने २८ वर्षीय तिलक राना, राप्ती-५ बस्ने ५३ वर्षीय सुकमान बानियाँ रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको उपचार घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.