|

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले नाइसलाई पराजित गरेको छ। 

गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजीले नाइसविरुद्ध २–१ गोलको कठिन जित निकालेको हो। खेलको २९औँ मिनेटमा लियोनल मेस्सीको गोलबाट पीएसजीले अग्रता लिएको थियो। तर खेलको ४७औँ मिनेटमा गाइटन लाबोर्डेले गोल गर्दै नाइसलाई १–१ गोलको बराबरीमा ल्याए। लामो समय बराबरीमा रहेको खेलको ८३औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे। 

नाइसविरुद्धको जितसँगै पीएसजी शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले ९ खेलबाट २५ अंक जोडेको छ। समान खेल खेलेको मार्सेली २३ अंकसहित दोस्रो स्थानमा छ। पीएसजीसँग पराजित भएको नाइस ९ खेलबाट ८ अंक जोडेर १३औँ स्थानमा छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.