|

काठमाडौं :  इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटेनह्याम हट्सपुरलाई ३-१ ले पराजित गर्दै शिर्ष स्थानमा आफुलाई कायम राखेको छ। आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलले लडन्डन डर्वि भिड्न्तमा आफ्नो सिजनको उत्कृष्ट प्रदर्शन जारी राखेको हो।

आर्सनलले पहिलो हाफको २० औ मिनेटमानै थोमस पार्टेइको गोलबाट अग्रता लिएका थिए। तर पहिलो हाफमानै टोटेनह्यामलाई खेलमा फर्काउने क्रममा ह्यारी केनले ३१ औ मिनेटमा पेनल्टीमार्फत बराबरी गोल गरेका थिए।​

गाब्रियलले रिचार्लीसनलाई फल गरेपछि पाएको पेनाल्टीलाई केनले सदुपयोग गरेका थिए। केनले १८ डर्वि भिडन्तमा १४ औ गोल संभव बनाएका थिए। केनले प्रिमियर लिगमा अवे मैदानमा एक सयौं गोल समेत पुरा गरे।

तर दोस्रो हाफमा गाब्रियल जेससले आर्सनलको अग्रता दोब्बर बनाए। ४९ औ मिनेटमा जेससले गोल गरेका थिए। तर ६२ औ मिनेटमा एमरसन रोयल गाब्रियल मार्टिनेलीलाई फल गर्न पुगेपछि रातो कार्ड पाएर मैदानबाट बाहिरिंदा टोटेनह्याम १० खेलाडीमा सिमित भएको थियो। लगत्तै ग्रानिट सक्काले ६७ औ मिनेटमा आर्सनलका लागि तेस्रो गोल गर्दै टिमको जित निश्चित गरेका थिए। जितसँगै आर्सनलले ८ खेलबाट ७ जितसहित २१ अंक बनाएको छ। एक खेल कम खेलेको सिटीको १७ अंक रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.