|

बैतडी : जिल्लाको पाटनमा सम्पन्न  दोश्रो संस्करणको पाटन प्रिमियिर लिग (पिपिएल–२) क्रिकेटको उपाधि भिमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआई)ले जितेको छ।  शनिबार सम्पन्न फाइनल खेलमा ग्वाल्लेक क्रिकेट क्लबलाई ४ विकेटले हराउदै बिडिपिआईले उपाधी हात पारेको  हो। 

 ग्वाल्लेकले दिएको २०३ रनको विजयी लक्ष्य  बिडिपिआईले १८.४ ओभरमा लक्ष भेट्टायो। जसमा सतकीय पारी खेल्दै सुमित बुडालले १२८ रनको योगदान गरे। 

यसअघि कृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गरेको ग्वाल्लेकले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०२ रन बनायो। उसका नविन चन्दले ६२ तथा महेश शाहले ६० रन जोडे। बिडिपिआईका राहुल चन्दले २ विकेट लिए। 

उपाधीसँगै  बिडिपिआईले १ लाख ११ हजार १११ रुपैँयासहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए।  ग्वाल्लेकले ५५ हजार ५५५ रूपैँयासहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझायो।  

यसैबीच  ग्वाल्लेकका  दिपक बोहरा म्यान अफ द सिरिजसहित बेस्ट ब्याट्सम्यान घोषित भएका छन्। बोहराले ११ हजार १११ म्यान अफ द सिरिज बाफत र बेस्ट ब्याट्सम्यान घोषित भएवापत ५ हजार ५५५ रुपैँया नगद गरी १६ हजार ६६६ रुपैँयासहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। यसैगरी  ग्वाल्लेककै  दिपक जोशी बेस्ट बलर घोषित भएका छन्। जोशीले ५ हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३ गते देखि शुरू भएको प्रतियोगितामा २४ टोली सहभागी थिए।  प्रतियोगितामा २४ टोलीले सहभागिता जनाएका थिए।  बैतडीको क्रिकेट क्षेत्रको विकासको लागि गत वर्ष देखि पाटन प्रिमियर लिग हुँदै आएको छ।  गत संस्करणको उपाधि कैलपाल क्रिकेट क्लबले उचालेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.