|

काठमाडौं : सरकारले चाडपर्वका वेलामा धेरै चिल्लो र बोसोयुक्त‚ धेरै गुलिया‚ बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान सबैसँग आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वका वेला  यस्ता अस्वस्थ्यकर खानेकुरा नखान आग्रह गरेको हो। 

मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले एक सूचना निकाली चाडपर्वका वेला यस्ता खानेकुरा नखान आग्रह गरेको हो। 

मन्त्रालयले खानकुरा राम्रोसँग पकाएर मात्र खाने र पकाएका खानेकुरा छोपेर राख्न आग्रह गरेको छ। साथै धरै चिल्लो र बोसोयुक्त, धेरै गुलियो, चिसो पेयपदार्थ  नखान र नुन थोरै खान पनि मन्त्रालयले सुझाव दिएको छ। मदिरा सेवन नगर्न पनि मन्त्रालयको विशेष आग्रह छ।

पाकेको र काँचो खानेकुरा नमिसाइकन बेग्लाबेग्लै राख्न, खाना पकाउन, खुवाउन र खानुअघि साबुनपानीले हात मिचिमिची धुन तथा पोसिलो, ताजा र स्वस्थ खानेकुरा जस्तै हरिया सागपात‚ फलफूल, दाल तथा गेडागुडी, पशुपन्छीजन्य तथा दूधजन्य खानेकुरा खान जोड दिन पनि सूचनामा आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.