काठमाडौं : गोरखा दरबारस्थित दशैँघरबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा भित्र्याइएको छ।
गोर्खा दरबारबाट विधिपूर्वक पूजाअर्चना गरी आज बिहान ७ बजेर १० मिनेटको शुभ साइतमा फूलपातीसहितको डोली काठमाडौँका लागि पठाइएको थियो।
गोर्खा दरबारबाट फूलपातीको डोली बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा हनुमानढोका पठाइएको थियो।
गोर्खाबाट पठाइएको फूलपाती हनुमानढोका ल्याईपुर्याएपछि हर्षबढाइँका साथ हनुमानढोकाको दशैँघरमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ।
यसरी भित्र्याइयो हनुमानढोकाको दशैँघरमा फूलपाती (तस्वीरमा):
तपाईंको ईमेल गोप्य राखिनेछ ।