|

बैतडी : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला अदालतभित्रै आइतबार एउटा कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो। 

निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले जानकारी दिए।

यहाँ मुख्य निर्वाचन अधिकृतको रूपमा जयानन्द पनेरु खटिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिकाअनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउनेछ। चुनाव चिह्न प्रदान, निर्वाचन आचारसंहिता पालना गरे/नगरेको लगायतका विषयमा समेत अनुगमन गर्ने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.