|

बारा : बारामा पूर्वआइजिपी सर्वेन्द्र खनालको सक्रियता देखिनुले चुनावी चर्चा बटुल्न थालेको छ। युवा संघको नगर अधिवेशन तथा दशैँको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथिका रुपमा बाराको पचरौता नगरपालिका आएका खनालले बारा क्षेत्र ४ बाटै चुनाव लड्छन् भन्ने चर्चा शुरु भएको हो।

नेपाल प्रहरीमा रहँदा पटक पटक गरी करिब ५ वर्ष बारा पर्सामा बिताएका खनालले अपराध न्यूनीकरणसँगै बालविवाह, दाइजो प्रथा लगायतका सामाजिक कुरीतिविरुद्ध अभियान चलाएर समाज परिवर्तनको प्रयास गरेका थिए। उनले प्रहरीबाट अवकाश भएपछि नेकपा एमालेमा प्रवेश गरेर राजनीतिक यात्रा शुरु गरेका हुन्। 

खनालले बारा क्षेत्र ४, पर्सा क्षेत्र २, तनहुँ क्षेत्र १ अथवा काठमाडौंबाटै पनि मंसिर ४ को निर्वाचनमा उम्मेदवारी दिने चर्चा चलिरहेको छ। उनले भने आफ्नो चाहनाभन्दा पनि पार्टीको निर्णयलाई आत्मसात गर्ने बताए।

उनले भने‚ ‘यही क्षेत्र भनेर मैले भन्नुभन्दा पनि पार्टीले कहाँको जिम्मेवारी दिन्छ त्यो महत्वपूर्ण हो। तर मधेशबाट लड्ने अवसर पाए हिजो कर्मचारी भएर बुझेको समाजलाई हर तवरले सम्मानजनक बाँच्ने वातावरण बनाउने धोको छ।’

यसैबीच बारा क्षेत्र ४ बाट खनालले टिकट पाउने कुरा आधिकारिक नभएको बताउँछन् नेकपा एमाले बारा जिल्ला सचिवालय सदस्य मनोज पौडेल। उनले सर्वसम्मत रुपमा देवनारायण चौधरीको नाम पठाएकाले खनालबारे आफू जानकार नरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.