|

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

इस्लामावादको एक स्थानीय अदालतका महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो।

पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको थियो। 
आफ्ना एक सहयोगीलाई गैरकानूनी तरिकाले पक्राउ गरी कारबाही गरिएको प्रति खानले सार्वजनिक कार्यक्रम मार्फत् आक्रोश पोखेका थिए। 

सोही मुद्दामा उनीविरुद्ध प्रतिआतङ्कवाद कानुन अन्तर्गत् पक्राउ गर्न माग गर्दै उजुरी गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.