|

काठमाडौं : पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रुसले युक्रेनको भूभाग अतिक्रमण गरेको भन्दै त्यसको विरोध गरेका छन्। 

सामाजिक सञ्जाल मार्फत् नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेको भट्टराईले कुनै सार्वभौम मुलुकको भूभाग अर्को देशले कुनैपनि बहानामा र प्रायोजित जनमत संग्रह मार्फत अतिक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको बताएका हुन्। यस्तै उनले रुस र युक्रेन प्रकरणमा युएन निरीह बन्नु पनि गम्भीर भएको उल्लेख गरेका छन्।

उनले अरुलाई खाने बाघले आफूलाई पनि खाने भन्दै सचेत रहन आग्रह गरेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.